काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार वर्षमान पुन विजयी भएका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका उनले २७ हजार ४६० मत लिएर विजयी भएका हुन् ।
१५ हजार ४५२ मतको फराकिलो मतान्तरमा उनी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदन कुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन् ।
रास्वपाका बलराम थापाले १० हजार ८९४ मत ल्याए । नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७१४ मत ल्याएका छन् ।
उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन् । २०७४ र २०७९ सालको चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया