काठमाडौं– नेकपा (माओवादी) केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट चुनाव लड्ने भएका छन्।
नेता पुनले प्रतिनिधिसभाको निर्वाचन आफ्नै थलो रोल्पाबाट लड्ने एबीएबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमार्फत् घोषणा गरेका हुन्। प्रदेश र संघको निर्वाचन मंसिर १०, २१ गते हुँदैछ।
नेता पुनले रोल्पाबाट चुनाव लड्ने विषयमा अर्को रोल्पाली नेता कृष्णबहादुर महरासँग पनि सहमति भइसकेको दाबी गरे। महरा दाङबाट प्रतिनिधिसभा निर्वाचन लडने उनले बताए ।




प्रतिक्रिया