उर्जामन्त्रीले लिए प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

उर्जामन्त्रीले लिए प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ’अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री पुन अस्पताल पुगेका हुन् ।

मन्त्री पुनले देशको कार्यकारी व्यक्तिले देशभित्रै मिर्गौला प्रत्यारोपण गरेर राम्रो मेसेज गएको बताए । उनले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको खबरले आफू अत्यन्तै खुशी भएको बताए ।

‘फेरिएको किड्नीले काम गर्न शुरू गरिसकेको छ, होश पनि आइसकेको अवस्था छ भनेर चिकित्सकहरूले भन्नुभयो,’ मन्त्री पुनले भने, ‘असाध्यै खुशी लाग्यो । सम्पूर्ण जनताको तर्फबाट प्रधानमन्त्रीज्यूलाई शुभकामना‘शुभेच्छा प्राप्त भएको छ ।’