प्रधानमन्त्रीले राजीनामा नदिए तत्काल हटाउने वर्षमानको चेतावनी

प्रधानमन्त्रीले राजीनामा नदिए तत्काल हटाउने वर्षमानको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा – माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । रोल्पाको सुलिचौर पुगेर नेता पुनले प्रधानमन्त्री ओलीमा अलिकती पनि नैतिकता छ भने तत्काल राजीनामा दिन सुझाव दिए ।

‘मैले जनतामा जाने संकल्प गरे । मेरो लाईन त्यो थियो तर फेल भयो, जनताले रोक्यो, सर्वोच्च अदालतले रोक्यो,प्रतिनिधिसभाको दुई वर्षको कार्यकालमा म केही जिम्मा लिँदैन भन्नुस् । तपाईका अहिलेका कमजोरी, अहिलेको आलोचना रातारात पखालीने छ। तपाईंको व्यक्तित्व अग्लिने छ ।’ नेता पुनले भने ।

प्रथम सुनिल स्मृति गाउपालिका अध्यक्षकप खेलकुद प्रतियोगितालाई सम्बोधन गर्दै निवर्तमान ऊर्जामन्त्री समेत नेता पुनले प्रधानमन्त्री ओली विकास, राजनीति र सुशासनको गन्तव्यबाट विमुख भएको टिप्पणी गरे ।

कामको प्राथामिकता छुट्याउने र सोही अनुसार काम गर्ने क्षमता प्रधानमन्त्रीमा नरहेको अनुभव आफूले संगै क्याविनेटमा गरेको उनको भनाई थियो ।

नेता पुनले केही दिनपछि प्रधानमन्त्री हटाइनुभयो र नयाँ गठवन्धन बन्यो भनेर सुन्न पाईने दावी समेत गरे । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि हटाउने चेतावनी दिए । उनीहरुले प्रदेशको स्वायत्तता बचाउने भन्दापनि प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम र असंवैधानिक कदमलाई समर्थन गरेको नेता पुनको आरोप छ ।