प्रधानमन्त्री निकट व्यापारीले नै कमिसन नमिल्दा भ्याक्सिन रोकेर अपराध गरे : वर्षमान पुन

प्रधानमन्त्री निकट व्यापारीले नै कमिसन नमिल्दा भ्याक्सिन रोकेर अपराध गरे : वर्षमान पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका नेता वर्षमान पुनले भ्याक्सिन खरिद कमिसनको खेल नमिलेर समयमा आपुर्ति हुन नसकेको भन्दै त्यसको विरोध जनाएका छन् ।

नेता पुनले सामाजिक संजाल फेसबुकमा बिहिवार स्टाटस लेख्दै कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यवसायीहरु बिजय दुगड र रिता वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले राज्य व्यवस्था कसरी चलेको छ भन्ने स्पष्ट भएको धारणा सार्वजनिक गरेका छन् ।