गठबन्धनविरुद्ध लागे कांग्रेस सडकमा पुग्छ : वर्षमान पुन


काठमाण्डु – नेकपा  (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नेपाली कांग्रेसका नेताहरुको आफूहरुकाविरुद्ध बोलेकोप्रति आक्रोश व्यक्त गरेका छन् । पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पुर्याएको बताउँदै उनले कांग्रेसका केहि नेताहरुले आफूहरुकाविरुद्ध बोली रहेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् ।

नेता पुनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अन्य दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी समेत दिएका छन् । सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पु¥याउने हैसियत आफूहरुको रहेकाले विचार गरेर बोल्न उनले आग्रह गरेका छन् ।

‘सत्ता उन्मादले केपी केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटकपटक संसद विघटन गर्नुभयो ,’ उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाई विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ।’

प्रतिक्रिया दिनुहोस
Advertisement