अब नागरिकले ऊर्जामन्त्री पुनसँग सीधैं टेलिफाेनमा कुरा गर्न सक्ने, हरेक शुक्रबार हटलाइनमा अाउने


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन हटलाइनमार्फत् गुनासो सुन्ने भएका छन्।

ऊर्जामन्त्री पुन प्रत्येक साताको शुक्रबार (भोलि दिउँसो १२ बजेदेखि १ बजेसम्म हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने भएका हुन्।

ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्रालय र मातहतका विद्युत प्राधिकरण र विद्युत विकास विभागलगायतका सेवाबारे उपभोक्ताको गुनासो सुन्न र यसबाट प्रभावकारी रुपमा सेवा प्रदान गर्नका लागी यो कार्यक्रमको सुरुवात भएको जनाइएको छ।

ऊर्जामन्त्री पुनसँग निशुल्क हटलाइन नम्बर ११५१ का साथै ०१–४२००६४१र४२ मा समेत यहाहरुले १ घण्टा प्रत्यक्ष कुराकानी गर्न सकिने उनको निजी सचिवालयले जनाएको छ।

उपभोक्ताको गुनासाको सम्बोधन गर्न मन्त्री पुनले सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिनेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement