सरकारले मिटरब्याज पीडितलाई बोलायो वार्तामा

सरकारले मिटरब्याज पीडितलाई बोलायो वार्तामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितलाई वार्तामा बोलाएको छ । गृहमन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई वार्ताको लागि पत्र पठाएको हो ।

आज मिटरब्याज विरुद्धको आन्दोलन २६ औँ दिन पुगेको छ । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदल मार्चपाससहित सुरु भएको आन्दोलन यतिबेला काठमाडौँमा चलिरहेको छ ।

सांसदहरुले समेत संसदमा मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।