काठमाण्डु– पृथ्वी राजमार्गमा पहिरोले यात्रुवाहक बस पुरेको छ ।
धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सीमा रहेको झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक बस पुरेको हो ।
आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको छ ।
फसेका यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ ।
पहिरोले २ वटा बसमा क्षती पुगेको छ । झ्यालका सिसाहरु पुर्ण रुपमा फुटेका छन् ।




प्रतिक्रिया