बाँसबारी जग्गा प्रकरणबारे चाैधरीकाे बयानः सरकारी जग्गा भए नभएको थाहा भएन


काठमाण्डु- केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी वसन्त चौधरीको बयान लिएको छ । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा सीआईबीले चौधरीको बयान लिएको हो ।

जग्गा हडपिएको प्रकरणमा उनलाई बयान कागज गराएर छाडिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । बयान कागजमा उनले पुरानो विषय भएकाले सरकारी जग्गा भए नभएको थाहा आफूलाई थाहा नभएको बताएका छन् ।

त्यस्तै यो प्रकरणमा कांग्रेस सांसद् एवं उद्योगी विनोद चौधरीलाई पनि बयानका लागि बोलाउने तयारी सीआईबीको छ । सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement