पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-पर्यटन व्यवसायी वसन्त मिश्रको आइतबार निधन भएको छ ।

डेंगीबाट संक्रमित मिश्रको ७१ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको छ । परिवारजनका अनुसार १ बजे आर्यघाट पुर्‍याइने छ ।

मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन् । टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यस क्षेत्रमा सक्रिय थिए । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।

मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुन् । उनले नेपालमा पर्यटनको प्रवद्र्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व गरेका छन् ।