काठमाण्डु – भौतिक, पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि मन्त्री नेम्वाङले स्वाव संकलनका लागि दिएका थिए ।
उनी अहिले मन्त्री निवास पुल्चोकमा होम आइसोलेसनमा बसिरहेका छन् । उनलाई ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएको छ ।
मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु पनि होम आइसोलेसनमा बसिरहेका छन् ।




प्रतिक्रिया