गोकलु बाँस्कोटाको मन्त्रालय वसन्त नेम्बाङले सम्हाले

गोकलु बाँस्कोटाको मन्त्रालय वसन्त नेम्बाङले सम्हाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सोमबार सहरी विकास मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् । मन्त्री नेम्वाङलाई राज्यमन्त्री रामवीर मानन्धर र सचिव मधुसुदन अधिकारीलेले स्वागत गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री नेम्वाङले वाग्मती एकीकृत आयोजनासम्बन्धी विधेयक पेश गर्ने विषयमा अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति लिने विषयमा हस्ताक्षर गरेका छन् ।

समाजवादी पार्टीले सरकार छाडेपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तर उनको ७० करोड कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएसँगै सहरी विकासमन्त्रीको पद खाली थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङलाई सहरी विकास मन्त्रीको जिम्मेवारी समेत दिएपछि आजदेखि उनले पदभार ग्रहण गरेका हुन् । त्यस्तै सञ्चारमन्त्रीको पदभार अर्थमन्त्री डा. युवराज खतिवडाले ग्रहण गरेका थिए ।