मन्त्री नेम्वाङको प्रतिवद्धताः नारायणगढ–बुटवल सडकको स्तरोन्नति समयमै सकिन्छ

मन्त्री नेम्वाङको प्रतिवद्धताः नारायणगढ–बुटवल सडकको स्तरोन्नति समयमै सकिन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड समयमा नै सक्ने गरी अगाडि बढ्ने बताएका छन्।

पूर्वपश्चिम राजमार्ग विस्तारको पहिलो खण्डका रुपमा रहेको नारायणगढ– बुटवल सडकखण्डलाई विषेश प्राथामिकता दिएर निर्माणको काम समयमा नै सक्ने गरी कार्य अगाडि बढाउने उनले बताए।

नवलपरासी पूर्वनवलपुरको सदरमुकाम निर्माणस्थलको अवलोकनका क्रममा मन्त्री नेम्वाङले योजनाले गति लिन केही ढिलाइ भएको भए पनि अब द्रुतगतिमा निर्माणको काम अगाडि बढ्ने जानकारी गराएका हुन्।

रुख कटान लगायतका केही समस्याले गर्दा कामले गति लिन नसकेको भए पनि सबै समस्या सकिएकाले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम दु्रत गतिमा अगाडि बढ्ने उनले बताए। नेम्वाङले निर्माण कम्पनीलाई समेत काम द्रुत गतिमा सञ्चालन गर्नका लागि निर्देशन दिएको जानकारी दिए।

सदरमुकाम निर्माणस्थलमा कार्यालय निर्माणमा बजेटको अभाव नभएको तर डिपिआर तयार गर्न ढिला हुँदा काम अगाडि बढ्न नसकेको सांसद तिलक महतले बताए। डिपिआर बनाउने काम अन्तिम चरणमा रहेकाले चाँडै नमुना सदरमुकाम निर्माणको काम अगाडि बढ्ने उनले जानकारी गराए।