ठेकेदारलाई सुध्रिने मौका दिएका छौं, समयभित्र काम नसके कारबाही गर्छौं : मन्त्री नेम्वाङ

ठेकेदारलाई सुध्रिने मौका दिएका छौं, समयभित्र काम नसके कारबाही गर्छौं : मन्त्री नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिदिम – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समयसीमाभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरिने चेतावनी दिएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने चेतावनी दिएका हुन् ।

“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामी दिनमा समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने छ,” उनले भने ।

मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता जानकारी दिए । “ठूला पूर्वाधारका आयोजना निर्माण गर्न निर्माण कम्पनी र सरकारी निकायलाई उत्तिकै जिम्मेवार बनाइने उल्लेख गर्दै मन्त्री नेम्वाङले भने, “समयमा बजेट निकासा नहुने, स्थानीयस्तरमा अवरोध हुनेजस्ता समस्या समाधानका मन्त्रालयको विशेष ध्यान दिएको छ ।”

उनी पुष्पलाल (मध्यपहाडी) लोकमार्गलगायत पूर्वी पहाडका विकास आयोजनाको स्थलगत अनुगमनका क्रममा यहाँ आएका हुन् ।