काठमाण्डु– वसन्तपुर दरबार क्षेत्र यतिबेला होली पर्वको रंगीन उल्लासले भरिएको देखिएको छ । ऐतिहासिक दरबार क्षेत्र रंग, भीडभाड र उत्साहले झन् जीवन्त बनेको छ।
बिहानैदेखि बसन्तपुरमा युवायुवती तथा पर्यटकहरूको उल्लेख्य भीड देखिएको छ ।

विशेषगरी युवायुवतीहरू समूह–समूहमा भेला भएर रंग खेल्दै, नाचगान गर्दै र संगीतमा रमाउँदै होलीको उत्सव मनाइरहेका छन् । हातमा अबिर र पानीका रंग लिएर उनीहरूले एक–अर्कालाई रंग्याउँदै वसन्तपुर क्षेत्रलाई उत्सवमय बनाएका छन् ।

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरू पनि होलीको माहोलमा निकै उत्साहित देखिएका छन् । उनीहरू स्थानीयसँगै रंग खेल्दै, तस्बिर खिच्दै र नेपाली संस्कृतिको अनुभव लिँदै उत्सवमा सहभागी बनेका छन्।











प्रतिक्रिया