काठमाण्डु- नेकपा एमाले बाँसगढी नगर कमिटी अवैधानिक भन्दै संघर्ष समिति गठन गरिएको छ । नगर कमिटी अध्यक्षका उम्मेदवार समेत रहेका नरबहादुर वलिको नेतृत्वमा एमाले बाँसगढी नगर कमिटी अवैधानि भन्दै संघर्ष समिति गठन गरिएको गरिएको हो ।
गत जेठ २५ र २६ गते बाँसगढी नगर कमिटी अधिवेशनको मिति तोकिएको थियो । २५ गते उद्घाटन शत्र भएर बन्दशत्र सुचारु भएको थियो । २६७ जना प्रतिनिधि हुनुपर्नेमा विधान विपरित ३४७ जना प्रतिनिधिको टुंगो लगाइएको छ ।
बन्दशत्र सुरु हुँदा लुम्बीनी प्रदेश कमिटिले स्थगित गर्न बर्दिया जिल्ला कमिटिलाई पत्र पठायो । तर, पत्रलाई वेवास्था गरि जेठ २८ गते नगर कमिटि घोषणा गरिएको थियो । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण गराइएको थियो । त्यसपछि नेकपा एमाले केन्द्रीय संगठन विभागले १५ दिनभित्र नगर कमिटिबारे सत्य तथ्य बुझेर जनाकारी गराउन निर्देशन दिएको थियो ।
संगठन विभागले नगर कमिटिलाई कुनै काम कारबाही अगाडि नबढाउनसमेत निर्देशन दिएकोमा अवैधानीक कमिटीले नेकपा एमाले जिल्ला कमिटि अध्यक्षको निर्देशन बमोजिम वडा कमिटिहरु विस्तार गर्दै गरेको छ । त्यसकारण आफ्नो नेतृत्वमा संघर्ष समिति गठन गरिएको वलिले जानकारी दिएका छन् ।
‘अवैधानिक कमिटीद्धारा वडा कमिटि बिस्तार गर्न जिल्ला नेतृत्वसमेत लागेको हुदाँ संघर्ष समिति गठन गर्न हामी बाध्य भएका हौँ । १०५ जनाको उपस्थितिमा मेरो नेत्तित्वमा १५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । यदि हाम्रा मागहरु सम्बोधन नभए फेरि नेतृत्वलाई भेटेर जानकारी दिइने र थप कार्यक्रमहरु सार्वजनिक गर्ने छौँ।’, नरबहादुले भने ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि उपसचिव लिला राना, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शालिकराम अधिकारी, उपाध्यक्ष दुर्गा वलि, सचिव पदम ढकाल, नेकपा एमालेका नेता श्याम ढकालको विशेष निर्देशन बमोजिम आफ्नो गुटका बाल ज्योति बोडिङ स्कुलका प्रधानाध्यापक तथा बोडिङका सियर होल्डर जित बहादुर रोकायलाई अध्यक्षसहित सबै कमिटी घोषणा गरिएकाे थियाे।




प्रतिक्रिया