अन्तरविद्यालय बास्केटबल बिएनए कप भोलिदेखि

अन्तरविद्यालय बास्केटबल बिएनए कप भोलिदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

वसुन्धरा नेसनल एकेडेमी (बिएनए)को आयोजनामा हुने प्रतियोगितामा दुई विधामा गरी कुल २४ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले जानकारी दिए ।

जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२ टोली सहभागी हुनेछन्। दुवै समूहका सहभागीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइनेछ। जुनियर ब्वाइजमा कक्षा ८ सम्म तथा सिनियर गल्र्समा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीले सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी गराए।

जेठ ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू वसुन्धारास्थित नमुना टोलमा खेलाइनेछ। जुनियर ब्वाइजमा सेब तथा सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन्। बिएनएले आफ्नो बास्केटबल कोर्ट पनि पुनर्निर्माण गरेको छ। पुनर्निर्माण गर्न करिब ६ लाख रूपैयाँ खर्च भएको प्रिन्सिपल चापागाईंले बताए ।