सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा मन्त्री बाँस्कोटाले ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बाहिरिएपछि उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसकेको जानकारी गराए । उनले भने, ‘एक मन्त्रीज्यूले अनौपचारिक रूपमा राजीनामा दिइसकेको बताउनुभएको छ ।’

सरकारले प्रिन्टिङ प्रेसबारे स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजेछि स्वीस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रले नै उक्त अडियो डेढ महिना अघि नै प्रधानमन्त्रीलाई दिएका थिए भने बुधबार साँझ सञ्चारमाध्यमबाट पनि लिक गराएका थिए ।