विवेकशील साझा पार्टी प्रदेश नं ३ को संयोजकमा कानुनकर्मी बास्कोटा

विवेकशील साझा पार्टी प्रदेश नं ३ को संयोजकमा कानुनकर्मी बास्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ- विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार, कानुनकर्मी तथा व्यवसायी समीक्षा बास्कोटालाई चयन गरेको छ। काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाको सेण्ट जन्स विश्वविद्यालयबाट कानुनमैं स्नातकोत्तर गरेकी  ३४ वर्षीया बास्कोटालार्इ पार्टीले संयाेजक ताेकेकाे हाे ।

स्नातकोत्तरपछि ‘डिन्स फेलो’ मनोनीत भएर केही समय अमेरिकामैं काम गरी २०६७ सालमा नेपाल फर्किएकी बास्कोटाले त्यसपछिका वर्षहरू प्राध्यापन, कानुनी अभ्यास, पारिवारिक व्यवसाय तथा परोपकारी गतिविधिमा बिताएकी छन्।

पारिवारिक पृष्ठभुमिले गर्दा राजनीतिक माहौलमा हुर्किने अवसर पाएकि बास्कोटा राष्ट्रलाई बृहत्तर रूपमा योगदान पुर्याउने सबैभन्दा सशक्त माध्यम इमानदार राजनीति नै हो भन्नेमा विश्वास राख्छिन्।

गत निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं १ ‘क’ को प्रदेशसभाको उमेदवार बनेर २७ प्रतिशत मत ल्याएकी उनले सम्मानजनक तेस्रो स्थान हासिल गरेकी थिइन्।

एक जना सुशिक्षित, उद्यमी, क्षमतावान र उर्जावान महिलालाई प्रदेश नं ३ को संयोजक तथा केन्द्रीय सदस्यका रूपमा पार्टीमा स्वागत गर्न पाउँदा विवेकशील साझा पार्टीले गौरवको अनुभूति गरेको पार्टीले जनाएकाे छ ।