टेरामक्स प्रकरणमा दोषी देखिए पदमा बस्दिनँः मन्त्री बस्नेत

टेरामक्स प्रकरणमा दोषी देखिए पदमा बस्दिनँः मन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भ्रष्टाचार प्रकरणमा दोषी देखिए पदमा नबस्ने बताएका छन्।

आज बसेको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा टेरामक्स प्रविधि खरिद प्रकरणमा भ्रष्टाचार भएको भनेर नाम मुछिएका मन्त्री बस्नेतले दोषी देखिए पदमा नबस्ने बताएका हुन् ।

उनले टेरामक्स प्रणालीमा कुनै अनियमितता नभएको पनि दाबी गरे । निजी दूरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामक्स प्रणालीको कुरा निकालिएको उनको भनाइ छ । ‘उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपी भन्न मिल्दैन । दोषी देखिए पदमा बस्दिन ।’, उनले भने ।