राष्ट्रसंघमा वनमन्त्रीले भने – जलवायु परिवर्तनको प्रभावबाट साना र गरिब मुलुक बढी प्रभावित भए

राष्ट्रसंघमा वनमन्त्रीले भने – जलवायु परिवर्तनको प्रभावबाट साना र गरिब मुलुक बढी प्रभावित भए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क– नेपालले ‘हिमाली मुलुकहरुको मित्रवत समूह’लाई ओपचारीक मान्यता दिन राष्ट्रसंघलाई आग्रह गरेको छ । मित्रवत समुह जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिने हिमाली क्षेत्र र हिमाल जोडिएका राष्ट्रहरुको समुह हो । वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले साइड लाइन बैठकमा हिमाली मुलुक जोडिएको राजनीतिक संयन्त्र अपरिहार्य देखिएको धारणा राखेका हुन् ।  

उक्त समूहको बैठकमा बोल्दै वन तथा वातावरण मन्त्री बस्नेतले हिमाली क्षेत्रको बचाउका लागी साझा आवाजको आवश्यकता रहेको औंल्याए । उनले हिमालयन ग्लेसियर पग्लने, पर्यावरणीय स्वास्थ्य असन्तुलित हुने र सबैभन्दा बढी स्थानीय बासिन्दा प्रभावित हुने भन्दै सम्वद्ध मुलुकहरुको ध्यानआकर्षण समेत गराए । 

आफुले साझां आवाजको पक्षमा दबाव सिर्जना गर्न जरुरी रहेको भन्दै राष्ट्रसंघले औपचारिक मान्यता दिनुपर्छ भनेर साइडलाइन बैठकमा धारणा राखेको मन्त्री वस्नेतले बताए । उनले  पर्यावरण र जलवायु परिवर्तनको ग्लोबल सरोकारमा जोडिएर नेपालले २०२० को अप्रिलमा नेपालमा अन्तर्रा्ष्ट्रियस्तरको सगरमाथा डाइलगको आयोजना गर्न लागेको जानकारी समेत उक्त बैठकमा गराएका थिए । 

नेपालसहित हिन्दु कुश क्षेत्रका पहाडसहित यस्ता २ दर्जनभन्दा बढी मुलुकहरु अहिलेको यो मित्रवत समूहमा जोडिएका छन् । 

मन्त्री बस्नेतले जलवायु परिवर्तनको प्रभावबाट साना तथा गरिब मुलुकहरु बढी प्रभावित रहने बताएका थिए । उनले नेपालमा प्रभावकारी संरक्षणको नमुना बनेको सामुदायिक वनको अवधारणालाई विश्व समुदायले आत्मसात गर्नुपर्ने सुझाव दिए   

नेपालले प्रकृतिमा आधारित समाधानको प्रयासलाई जारी राखेको जानकारी दिंदै मन्त्री बस्नेतले यो वर्षलाई राष्ट्रिय वृक्षारोपण वर्षका रुपमा सरकारले मनाईरहेको बताए ।