बतास समूहले पशुपतिमा सञ्चालन गरेको होटलमा सरकारले लगायो ताला

बतास समूहले पशुपतिमा सञ्चालन गरेको होटलमा सरकारले लगायो ताला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले बतास समूहले सञ्चालन गरेको आनन्द पशुपति होठलमा ताला लगाएको छ । शुक्रबार पशुपति विकास कोषका कर्मचारी पुगेर बतास समूहले सञ्चालन गरेका होटल आनन्दमा तालाबन्दी गरेका हुन् ।

सो समूहका अध्यक्ष आनन्द बतासका अनुसार पशुपतिस्थित होटल आनन्दसँगको सम्झौता रद्द गर्ने सरकारको निर्णयले २५ करोड रुपैयाँ क्षति पुगेको छ । सरकारको सो निर्णय गैरकानुनी भएको भन्दै क्षतिपूर्ति दाबी गर्दै बतास समूह बिहीबार मात्रै अदालत पुगेको थियो ।

बिहीबार जिल्ला अदालत काठमाण्डुमा २५ करोड रुपैयाँ क्षतिपूर्तिसहितको मुद्दा दायर गरेको छ । त्यसको भोलिपल्टै सरकारले उनको होटलमा ताला लगाएको हो ।