काठमाण्डुका विभिन्न स्थानमा आज बिजुली काटिँदै

काठमाण्डुका विभिन्न स्थानमा आज बिजुली काटिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले शनिबार बाठमाण्डुका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणले सूचना प्रकाशित गरी गोठाटार र बत्तीसपुतली फिडर अन्तर्गतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ।

प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ।

जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ जडानका कार्यका लागि बिहान ११ देखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला, टाउन प्लानिङ क्षेत्रमा बिजुली कटौती हुनेछ।

यस्तै, मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा अपराह्न २ देखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ। तोकिएको कार्य समय अगावै सकिएमा बिजुली नियमित रूपमा सञ्चालन हुने छ। बिजुली कटौती हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।