काठमाण्डुका यी स्थानमा आज बत्ती काटिने

काठमाण्डुका यी स्थानमा आज बत्ती काटिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत प्राधिकरणले काठमाण्डुको केही स्थानमा शनिबार २ घण्टा बत्ती काटिने भएको छ ।

सुन्धारा, त्रिपुरेश्वर, क्षेत्रपाटीलगायतका क्षेत्रमा शनिबार दुई घण्टा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सुन्धारा, सिभिल मल, सेन्ट्रल जेल, चाइना टाउन हुँदै त्रिपुरेश्वर चोक र चोकको आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

यस्तै दिउँसो १२ बजेदेखि २ बजेसम्म पुष्पलाल पार्क, ढल्को, क्षेत्रपाटी चोक, पकनाजोल, धोबिचौर, ठहिटी, ज्याठा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

भूमिगत केबल सम्बन्धि कार्य गर्न लागिएकाले विद्युत आपूर्ति बन्द गर्न लागेको सूचनामा उल्लेख छ ।

निर्धारित समय अगाडि नै काम सम्पन्न भए विद्युत सेवा शुरू हुने पनि प्राधिकरणले जनाएको छ ।