काठमाण्डु – नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाण्काडु केही ठाउँमा बत्ति काट्दैछ । ती स्थानहरूमा साढे २ देखि ५ घन्टासम्म बिजुली नआउने भएको छ ।
शनिबार बानेश्वर र रत्नपार्क वितरण अन्तर्गत पर्ने विभिन्न ठाउँमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडरअन्तर्गत पर्ने फुलबारी मार्गमा ढल्न लागेको विद्युत पोल फेर्नका लागि फिडरमा पर्ने २ वटा ट्रान्स्फर्मर सटडाउनमा राख्दैछ । त्यसकारण फुलबारी मार्ग र कोटेश्वर क्षेत्रमा बिहान साढे ११ बजेदेखि २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।
त्यस्तै रत्नपार्क वितरण केन्द्रको खिचापोखरी फिडर, त्रिपुरेश्वर फिडर, भोटेबहाल फिडर र न्यूरोड फिडर पनि स्विचिङ सर्भिसिङका लागि सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।
ती फिडरअन्तर्गत पर्ने खिचापोखरी डबली, माछा बजार, आरबी कम्प्लेक्स, पुरानो नगरपालिका अगाडी सिद्धिचरण चोक एरिया, सुन्धारा नेपाल टेलिकम अगाडी, सेन्ट्रल जेल, महिला जेल, रङशाला, सुन्धारा, बागदरबार, भोटेबहाल, पिपलबोट, दक्षिणकाली मन्दिर, यंगाल चोक, ओम बहाल, लगन चोक, प्लानचोक भगवती, न्यूरोड सङ्कटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डवली्, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
काम निर्धारित समय अगाडि नै सकिए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा शुरू हुने प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया