सडक कालोपत्रे गर्नुपर्ने भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रिए, बौद्ध जोरपाटी सडक बन्द


काठमाडौं – सडक कालोपत्रे गर्नुपर्ने भन्दै थलीका बासिन्दा मंगलबार बिहानैदेखि यातायात बन्द पारेर आन्दोलनमा उत्रिएका छन् । स्थानियको प्रदर्शनका कारण अहिले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखुमा सवारी आवागमन ठप्प भएको छ ।

सडक विस्तारका लागि भत्काइएको सडक मर्मतको माग गर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा सडकमै टायर बालेर स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement