आइतबार बाबुराम, जनार्दन र सन्तोषले पार्टी एकता घोषणा गर्दै

आइतबार बाबुराम, जनार्दन र सन्तोषले पार्टी एकता घोषणा गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार एउटै छाता मुनी आउने भएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियार नेतृत्वको समूहले मंसिर ७ गते आइतबार एकता घोषणा गर्न लागेका हुन् ।

वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढेको नेसपा (नयाँ शक्ति) का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए । राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि ल्याउने गरी छलफल भइरहेको गुरुङले बताए ।

एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने सहमति भएको छ । नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको छ ।

नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ । तर निष्कर्षमा नपुगेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।