काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले इन्धनमा गरिएको मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको बताएका छन् । बुधबार बिहान ट्विट गर्दै उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताएका हुन् ।
त्यस्तै उनले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने र अचाक्ली महँगीले जनता मर्कामा पर्ने उल्लेख गरेका छन् । राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अंकगणितमा लिप्त रहेको उनको भनाइ छ ।
हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन,ढुवानी,यातायातको लागत बढाएर सबैतिर महॅगी बढ्छ!यो अचाक्ली महॅगीले जनताको ढाड भाॅचिदैछ।खै सरकारी पहल? pic.twitter.com/HUyS0gFKjB
— Baburam Bhattarai (@brb1954) June 22, 2022




प्रतिक्रिया