काठमाण्डु– गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका हुन् ।
आयोगको म्याद तीन महिना तोकिएको थियो । म्याद सकिन लाग्दा पनि बयान लिने क्रम नै जारी रहेकाले आयोग पदाधिकारीहरुले थप समय माग गरेका हुन् ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाउने तयारी गरिएको छ ।
जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको पनि अध्यक्ष कार्कीले बताए ।




प्रतिक्रिया