काठमाण्डौं – संघीय संसदमा आजबाट बजेटबारे छलफल सुरु भएको छ । अहिले ११ बजेबाट सुरु भएको संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रि–बजेटबारे छलफल प्रारम्भ भएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा कार्यसची रहेको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।
महासचिव भट्टराईका अनुसार बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आ.व.२०७६–७७ को लागि विनियोजन विधयेकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।




प्रतिक्रिया