बालुवाटार जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्धाको सुनुवाइ फेरि स्थगित

बालुवाटार जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्धाको सुनुवाइ फेरि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा नेता नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धा न्यायाधीशद्वय तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा तोकिएको थियो । तर, निवेदकका तर्फबाट कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न अनुरोध गरेपछि आज सुनुवाई हुन नसकेको हो ।

रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर पटक–पटक स्थगित हुँदै आएको थियो । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरुसहितलाई मुद्दा चलाएको थियो ।

तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

२०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व पनि मुद्दा चलाउन माग गर्दै उनले दायर गरेको रिटमाथिको सुनुवाई भने विभिन्न कारणले स्थगित हुँदै आएको छ ।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए । सोही बेला ललिता निवासको जग्गा व्यक्तिको नाममा लगिएको थियो । अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख छ ।