वैकल्पिक राजनीतिक शक्ति निर्माणमा फेरि जुटे बाबुराम भट्टराई

वैकल्पिक राजनीतिक शक्ति निर्माणमा फेरि जुटे बाबुराम भट्टराई

जनार्दन शर्मा, सुदन किराती, डीपी अर्याल पनि सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेसपा नयाँ शक्तिका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेका छन् ।

वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि डा. भट्टराईले विभिन्न दल, समूह र अभियन्ताहरूसँग छलफल गरेका छन् ।

छलफलमा हालै माओवादी केन्द्र परित्याग गर्ने घोषणा गरेका जनार्दन शर्मा, सुदन किराती, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, नेसपा नयाँ शक्तिकी नेतृ दुर्गा सोव लगायत सहभागी छन् ।

जेन जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन सहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।