विश्वकप क्रिकेटबाट शिखर धवन आउट


एजेन्सी – विश्वकप क्रिकेटबाट भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन बाहिरिएका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा औंलामा चोट लागेका कारण शुरुमा तीन खेलमा खेल्न नसक्ने भनिएको थियो । तर उनी पूर्ण रुपमा फिट नभएपछि जारी विश्वकपबाट उनलाई बाहिर राखिएको छ । अब उनको ठाउँमा ऋषभ पन्त टिममा पर्ने भएका छन् । त्यसका लागि ऋषभ पन्त इंग्ल्याण्ड पुगिसकेका छन् ।

पाकिस्तानविरुद्ध शिखरले नखेलेपछि केएल राहुलसँग मिलेर रोहित शर्माले ओपनिङ गरेका थिए । जसमा उनीहरुले १३६ रनको साझेदारी गर्दै भारतलाई गतिलो सुरुवात दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement