नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पुर्पक्षका लागि थुनामा

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पुर्पक्षका लागि थुनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई थुनछेक बहस सुनेपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले असार १३ गते पक्राउ गरेको थियो । पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो।

यही कसुरमा गतवर्ष पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका ८ प्रतिवादीहरु पुर्पक्षका लागि थुनामै छन्।