काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका प्रतिवादी बेचन झाका कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले मुद्दामा ‘अन्य’ आदेश गर्दै कागजात झिकाउने भएको हो ।
अभियुक्त झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात झिकाउने आदेश गरेको छ ।
झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्बाटै निर्णय गराउने भन्दै रकम असुलेको आरोप छ ।




प्रतिक्रिया