पत्रपत्रिका

विधेयक फिर्ता नभए सदन र सडकबाटै आन्दोलनः कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले सरकारले ल्याएका विभिन्न विधेयक विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल मिडिया काउन्शिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता गर्न आग्रह गर्दै उक्त दलले यो विधेयक फिर्ता नगरेर सदन र सडक दुवै ठाउबाट संघर्ष गर्ने चेतावनी दिएको हो ।

काग्रेस संसदीय दलको वुधवार बसेको बैठकले नेपालको संविधानको प्रावधान र व्यवस्था तथा भावनाको प्रतिकुल हुने गरी यी विधेयकहरु संघीय संसदमा दर्ता गरिएको आरोप लगाउँदै आफू पार्टी सदैव राष्ट्रिय सुरक्षा, मानवअधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा उभिदै सबै प्रकारका निरुङ्कुशताको विरुद्ध सङ्घर्ष गर्ने जनाएको छ ।

सरकारले ल्याएको राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मूल मर्म र भावना विपरीत रहेको बताउँदै काँग्रेसले भनेको छ–राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को प्रस्तावनामा रहेको ‘स्वायत्तता र स्वतन्त्रता’ शब्द हटाई स्वतन्त्र संंवैधानिक आयोगलाई महान्याधिवक्ता कार्यालय अन्तर्गत राख्न खोजिएको छ ।

नेपाली जनताको मानव अधिकारको संरक्षण र रक्षा गर्ने मानव अधिकार आयोगलाई सवल, सक्षम बनाउनुपर्नेमा उक्त विधेयकमार्फत आयोगलाई निरिह, कमजोर बनाउने कोसिश गरिएको उसको दावी छ । काग्रेसले राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रति पनि बिमति राखेको छ । यो खबर आजको समाचारपत्रमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top