काडमाडौं – काठमाडौं उपत्यकामा गुठी विधेयक,राहदानी विधेयक, मिडिया काउन्सिल विधेयक लगायत विवादित विधेयकविरूद्ध प्रर्दशन गरेका छन् । शनिबार नागरिक अभियान्ताले विधेयकविरूद्ध प्रर्दशन गरेका हुन् ।
नागरिक अभियन्ताहरुले सरकारले सुशासनको प्रत्याभूति गर्नुपर्ने, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्नुपर्ने, मानव अधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्नुपर्ने, न्यायालयको स्वतन्त्रता कायम गर्नुपर्ने लगायतका माग गरे । प्रर्दशनकारीले नागरिकको मुख थुन्ने सूचना प्रविधि विधेयक खारेज गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
‘नागरिक स्वतन्त्रताको सम्मान गर’, ‘सुशासनको प्रत्याभूति गर’, प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता गर’ जस्ता नारा लगाउँदै नागरिक समाजले संसदमा हालै सरकारले पेश गरेका विवादित विधेयकको विरोध गरेका थिए।





प्रतिक्रिया