काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)ले बेदुराम भुसाललाइ महासचिवमा चयन गरेको छ ।
आज बिहान बसेको सचिवालय बैठकले भुसालको नाममा सहमति गरेको हो । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।
त्यस्तै नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।
बैठकले सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लगाएको हो । नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् ।
सचिवालयले गरेको सहमति केन्द्रिय कमिटीको बैठकमा प्रस्ताव गरिने नेताहरुले बताएका छन् । केन्द्रिय कमिटी बैठकले सचिवालयले गरेको प्रस्ताव अनुमोदन गरेसंगै भुसालले महासचिवको जिम्मेवारी पाउनेछन् । मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठक आज समापन हुने छ ।




प्रतिक्रिया