एकीकृत समाजवादीले बनायो भुसालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली

एकीकृत समाजवादीले बनायो भुसालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । माधव नेपालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीमा आउन चाहेका राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

महासचिव बेदुराम भुसालको नेतृत्वमा गठित वार्ता टोलीमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य छन् । बिहीबार उपमहासचिव गंगालाल तुलाधरले विज्ञप्ति जारी गर्दै वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते काठमाण्डुमा गर्ने भएको छ । बैठकले न्यायपालिकामा देखापरेको समस्यालाई गम्भीर रुपमा लिई उपयुक्त किास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय पनि गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षतिको मर्मत कार्य छिटो भन्दा छिटो सम्पन्न गरी काठमाण्डु उपत्यकामा खानेपानी आपूर्ति गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै मन्त्री र मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति, सचिवालयको गठन गर्दा पार्टीसँग सल्लाह गरेर गर्ने, राजनीतिक नियुक्ति गर्दा केन्द्रमा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय अनुसार गर्ने र प्रदेशमा पार्टी अध्यक्षको सहमति लिएर प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र मुख्यमन्त्रीको निर्णय अनुसार काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।