विगतका शासकहरुको अदुरदर्शीताले देश शिक्षामा पछि पर्‍याे : प्रधानमन्त्री ओली

विगतका शासकहरुको अदुरदर्शीताले देश शिक्षामा पछि पर्‍याे : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विद्वान पुर्खाका सन्तान हामी नेपालीले फेरि ज्ञानगुन, जीवनउपयोगी शिक्षाको विकास गर्नु पर्ने बताएका छन् ।

४० सौं राष्ट्रिय शिक्षा दिवस तथा ५३ अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसका अवसरमा आईतबार (आज)  एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्ती ओलीले “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विद्वान पुर्खाका सन्तान हामी नेपालीले फेरि ज्ञानगुन, जीवनउपयोगी शिक्षा र नवप्रवद्र्धनात्मक सोचको विकास गर्नु पर्ने बताएका हुन् ।

नेपालीका पूर्खाहरुले वैदिक काल देखि नै मान्यजन तथा विद्वत व्यक्तित्वहरुको सानिध्यमा कचहरी,धामिर्क सभा,गुरुकुल शिक्षा जस्ता संस्थाबाट शिक्षाको प्रचार गर्ने गरेको बताए ।विश्वमा ज्ञानको प्रसार नहुंदै नेपालमा वेदका ऋचाहरुको रचना गरिएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

ज्ञान भूमीको रुपमा नेपाल जुन गतिमा अघि बढ्नु पर्दथ्यो, विगतका शासकहरुको अदुरदर्शीताले अपेक्षाकृत गति समाउन नसकेको प्रधानमन्त्री ओलीले बताएका छन्। “ज्ञान भूमिको रुपमा नेपाल जुन गतिले अगाडि बढ्नु पर्दथ्यो, विगतमा शासकहरुको अदूरदर्शीताले अपेक्षाकृत गति समाउन सकेन ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ“ तर अब नेपाल पछाडि परिरहन सक्दैन।

नेपाल तीव्र गतिमा अघि बढ्दछ, विकास र निर्माणका लागि अति आवश्यक नवप्रवद्र्धनात्मक सोचको आधारमा जीवनोपयोगी शिक्षाको विकास सरकारको प्राथमिकतामा रहेको छ। ज्ञान, सीप र प्रविधिलाई उपयोग गर्दै आगामी दिनहरुमा नेपालले शैक्षिक स्तर माथि उठाउनेछ।” शिक्षा प्रणालीलाई रोजगारमुलक र प्राविधिक बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड छ ।

“हाम्रा शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना हैन देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा हुनुपर्दछ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । “ आधारभूत तहदेखि नै यही लक्ष्य हासिल गर्न सहायक हुने जनशक्ति तयार गर्ने पाठ्यक्रम लागू गरिनु पर्दछ।” प्रधानमन्त्री ओलीले आगामी दुईबर्षसम्म साक्षर नेपाल घोषणा गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरे।