एजेन्सी – चीनको बेइजिङ समुदायस्तरबाट ३६ जनामा कोरोना भाइरस संक्रमण सरेको पाइएपछि स्थानीय सरकारी अधिकारीलाई बर्खास्त गरिएको छ ।
राजधानी बेइजिङको फेङताइ जिल्लामा संक्रमण नियन्त्रण गर्न असफल भएको तथा आफ्नो क्षमता अनुसार काम नगरेको भन्दै जिल्लाका कार्यकारी प्रमुख सहितका उच्च अधिकारीलाई बर्खास्त गरिएको हो ।
फेङताइ जिल्लाको तरकारी तथा फलफुल बजारबाट भाइरस सरेको प्रारम्भिक अध्ययनमा देखिएको चिनियाँ सञ्चारमाध्यम सिजिटिएनले जनाएको छ ।
जिल्लाका कृषी उपज ब्यापार कार्यालयका प्रमुख र कम्युनिष्ट पार्टीका प्रमुख पनि बर्खास्तीमा परेका छन् । बेइजिङमा समुदायस्तरमा शुन्य संक्रमण देखीएको ५६ दिन पछि पुनः संक्रमण पुष्टि भएको हो ।
हाल बेइजिङसहित हुबेइ, लियानिङ, सिचुवान राज्यमा संक्रमित संख्या सिमित छ । त्यहाँ संक्रमणको दोश्रो लहर आउन सक्ने भन्दै चीन सरकारले उच्च सतर्कता अपनाएको छ ।




प्रतिक्रिया