बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी-  बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो ।

दशौँ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजनाको वार्षिकोत्सवको मूल नारा सपनालाई पूरा पार्न अथक प्रयास गरौं भन्ने रहेको छ ।

चालु वर्ष सारा विश्वमा नयाँ कोरोना महामारी देखा परेकाले विश्व चलचित्रको सामु अभूतपूर्व परीक्षण पनि आइपरेको महोत्सवको शुभारम्भ गर्दै चिनियाँ सञ्चार समूहका उप–निर्देशक येन स्याउ मिङले बताए। उनले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गरे ।

चीनले नयाँ कोरोना महामारीको प्रतिरोध गर्ने क्रममा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ । महामारी नियन्त्रणसँगै देशभरका सिनेमा घरहरू क्रमशः पुनः खोलिएको छ ।