बेइजिङ र सांघाइका विद्यालय खुले

बेइजिङ र सांघाइका विद्यालय खुले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी-  सांघाई र बेइजिङका विद्यालयहरु खुल्न थालेका छन् । बेइजिङ र सांघाइ सहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका हुन् । महिनौँको बन्दपछि आज पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेको छ ।

कोरोना भाइरसको महामारीका कारण बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरु बन्द गरिएको थियो । चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो । यही लकडाउनका कारण यहाँका अरु कार्यालहरुका साथै विद्यालय तथा विश्वविद्यालयहरु पनि बन्द गरिएको हो ।

तर अहिले पनि त्यहाँ यसको संक्रमणको उच्च सतर्कता अपनाइएको छ । यही उच्च सतर्कताका साथ चीनमा व्यावसाय तथा कार्यालयहरु विस्तारै खुला गर्न थालिएको छ।

लामो समयपछि खुला भएर विद्यालय जान पाएकोमा यी सहरका बालबालिका निकै खुशी देखिएका छन् । चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई बढी प्रभाव पारेको थियो ।

यस संक्रमणबाट चीनमा ४ हजार भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि अब यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किएको यहाँका सञ्चारमाध्यमले बताइएका छन् ।-एएफपी