७३ वर्षको उमेरमा चार्ल्स तृतीय बने बेलायतका नयाँ राजा

७३ वर्षको उमेरमा चार्ल्स तृतीय बने बेलायतका नयाँ राजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजकुमार चाल्र्स तृतीय बेलायतको राजा हुने भएका छन् । बेलायतको राजगद्दी सम्हालेकी महारानी एलिजावेथको बिहीबार निधन भएको थियो । उनको निधनपछि बेलायतमा अब उनका छोरा राजकुमार चाल्र्स तृतीय राजा हुने भएका हुन् ।

द गार्डियनका अनुसारका ७३ वर्षीय चाल्र्स तीन वर्षको हुँदादेखि नै बेलायती राजगद्दीका उत्तराधिकारी बनेका थिए । बेलायती राजगद्दीका लागि योग्य भएको ७० वर्षपछि उनी राजा बन्दै छन् । उनको राज्याभिषेक कहिले हुन्छ भन्ने टुंगो छैन ।

बताइएअनुसार चाल्र्सको राज्याभिषेक शनिबार गरिने बुझिएको छ । चाल्र्सपछि उनका जेठा छोरा राजकुमार विलियम राजगद्दीको उत्तराधिकारीमा पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा विलियमका छोरा जर्ज छन्। तेस्रो नम्बरमा विलियमकी छोरी सार्लोट र कान्छा छोरा लुइस छन् ।

विलियमका अर्का छोरा राजकुमार ह्यारी उत्तराधिकारीको पाँचौं नम्बरमा छन्। अमेरिकी अभिनेत्री मार्केल मेघनसँग विवाह गरेका ह्यारी केही समयअघि बेलायती राजपरिवार त्यागेर अमेरिका गएका थिए । अहिले उनी उतै बसिरहेका छन् । हजुरआमा एलिजावेथ बिरामी परेपछि उनी बेलायतका आएका थिए