बेलायतमा बिहीबार ४० हजार नयाँ संक्रमित थपिए

बेलायतमा बिहीबार ४० हजार नयाँ संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बेलायतमा पछिल्लो २४ घण्टामा झण्डै ४० हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँको सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार आज ३९ हजार ३ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सोही अवधिमा कोरोना भाइरस संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ ।

योसँगै बेलायतमा कोरोना संक्रमणका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ३३८ पुगेको छ । संक्रमित भएका मध्ये आठ हजार ८५९ जना अस्पतालमा रहेका छन् । संक्रमित अवस्थामै रहेका अरु भने होम आइसोलेसनमै रहेको जनाइएको छ ।

देशभरीका १२ वर्षमाथी बढी उमेरका ८७ प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाइसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । त्यसैगरी खोप लगाउन मिल्ने कुल जनसङ्ख्याको ७९ प्रतिशतले कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएको पाइएको छ ।

बेलायतमा १९ प्रतिशतभन्दा बढी मानिसले तेस्रो खोप अर्थात अतिरिक्त खोप पनि लगाएका छन् । दैनिक यति ठूलो सङ्ख्यामा मानिसहरु सङ्क्रमित भएको देखिएपनि बेलायतको दैनिक जीवन अहिले सामान्य नै रहेको छ ।