रक्सी पिउनेमा बेलायतका नागरिक एक नम्बरमा


एजेन्सी – विश्वमै बढी मदिरा पिउने सवालमा बेलायतका वयस्क एक नम्बरमा देखिएका छन् ।

ब्रिटेनमा १२ महिनामा लगभग एकपटक एक हप्तासम्म नशामा लिप्त हुनेको संख्या ५१.१ प्रतिशत देखिएको छ । ३६ देशमा गरिएको सर्वेक्षणमा विश्वव्यापी औसत भने ३३ मात्र छ ।

अंग्रेजी बोल्ने देशहरुकै नेतृत्वमा अन्य मुलुकका मानिस पनि मद्यपान गरिरहेका छन् । अमेरिकाका साथै क्यानडा र अस्ट्रेलियाले पनि युकेको अनुशरण गरिरहेको छ । हुन त बेलायतीको यो पक्षको खण्डन पनि भएको छ । बेलायतीहरु दश सालअघिको तुलनामा मदिरापान घटाइरहेको पनि पाइएको छ ।

विशेषज्ञहरुका अनुसार, युवा पिँढी पुराना पुस्ताका तुलनामा रक्सी कम पिउन थालेका छन् । लण्डनस्थित शोधकर्ताहरुले इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको ५४ सय मानिसमा र विश्वभर १ लाख २० हजार भन्दा बढीमा सर्वेक्षण गरे । ग्लोबल ड्रग्स सर्वेका संस्थापक प्रोफेसर एडम विन्स्टकले भने, ‘थोरै जसोले रक्सी पिइरहेका थिए, कतिपय यस्ता थिए, जो सम्भावित रुपले हानिकारक तरिकाबाट यस्तो गरिरहेका थिए ।’

उनले भने, ‘हामीलाई भनिएको छ कि धेरै खराब हो र यो सही पनि हो, तर वर्तमान दिशानिर्देश नशाको सुखलाई स्वीकार गर्न र थोरै जडयाँहा र धेरै नशामा हुनुका बीच फरकमाथि दिइएको निर्देशन विफल बनेको छ ।’ साप्ताहिक भन्दा पनि वार्षिकरुपमा तीन चारपटक मदिरापान गरिरहेका छन् ।

युकेमा संयम राखिदैँन, बेलुका रक्सी खाँदै बित्ने गर्छ । जबसम्म संस्कृतिमा परिवर्तन हुँदैन र मदिरा सेवनमा संयमता अपनाउन सकिएन भने यो सोच्नु आवश्यक देखिन्छ कि अरुलाई कसरी कम पिउन सल्लाह दिने ?

एनएचएस दिशानिर्देशका अनुसार एउटा वयस्कले हप्तामा १४ युनिट रक्सी पिउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement