काठमाण्डु– बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिन सक्न विषयमा अड्कलबाजी तीव्र भएको छ। उनले सोमबार आफ्नो राजीनामाको योजना वा समयसीमा घोषणा गर्न सक्ने संकेत देखिएका छन्।
स्टार्मरले निरन्तर रूपमा पद नत्याग्ने र कुनै पनि चुनौती सामना गर्ने बताइरहे पनि विगत ४८ घण्टामा बेलायती सरकारभित्रको परिस्थिति परिवर्तन हुँदै गएको देखिन्छ।
सरकारी स्रोतहरूका अनुसार धेरैले अब प्रधानमन्त्रीले सोमबार राजीनामाको समयसीमा घोषणा गर्न सक्ने विश्वास गरेका छन्।
सरकारभित्र द्रुत गतिमा परिवर्तन भइरहेको घटनाक्रम बिजिनेस सेक्रेटरी पिटर काइलको विज्ञप्तिले पनि संकेत गरेको छ।
उनले बीबीसीसँग ‘प्रधानमन्त्रीले देशको सर्वोत्तम हितमा निर्णय लिनुहुनेछ।’ भनेका छन् ।
ग्रेटर म्यान्चेस्टरका मेयर र चर्चित उम्मेदवार एन्डी बर्नह्याम ले १९ जुनमा आफ्नो क्षेत्रको उपनिर्वाचनमा अप्रत्याशित भारी जित हासिल गरेपछि लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब तीव्र बनेको छ ।
उनले ५४.८ प्रतिशत मत प्राप्त गर्दै रिफर्म यूके लाई ठूलो अन्तरले हराएका थिए। द अब्जर्भरका अनुसार क्याबिनेट तथा प्रधानमन्त्री कार्यालयका निकट सल्लाहकारहरूसँगको छलफलपछि स्टार्मरले आफ्नो पद टिकाउने शक्ति अब नभएको निष्कर्ष निकालेका बताउने गरिएको छ।
यद्यपि उनको सम्भावित राजीनामाबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन। यदि स्टार्मरले राजीनामा दिएयो भने बेलायतमा १० वर्षमा छैटौँ प्रधानमन्त्रीको राजीनामा आउने छ ।
बेलायती कानुनले आम निर्वाचनबिना नै प्रधानमन्त्री फेर्न सकिने भए पनि बारम्बार नेतृत्व परिवर्तनले देशमा राजनीतिक अस्थिरता र संकटको प्रतीक रहेको चिन्ता बढ्दै गएको छ ।-एजेन्सी




प्रतिक्रिया