बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने मन्त्रिपरिषदकाे निर्णय

बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने मन्त्रिपरिषदकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको हो

साथै बैठकले तीन दिन शोक मनाउनुका साथै नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।