मर्निङ वाक गर्नुका यस्ता छन् फाइदा 

मर्निङ वाक गर्नुका यस्ता छन् फाइदा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वस्थ रहनको लागि शारीरिक व्यायामको आवश्यक पर्दछ । विषेश गरेर हामीले स्वस्थ रहनको लागि खानपिन सँगै व्यायामलाई पनि उत्तिकै जोड दिनु पर्दछ । स्वस्थ रहनको लागि हामीले खानपिनमा मात्र ध्यान दिएर मात्र हुँदैन । धेरै जसको बानी आफू स्वस्थ रहनको लागि खानपिनमा मात्र जोड दिने हुन्छ ।

हामीले यो भल्नु हुँदैन की स्वस्थ रहनको लागि व्यायामको अति आवश्यक पर्दछ । व्यायाममा पनि अरु समयको भन्दा पनि बिहानीपख गरेको व्यायामले हाम्रो शरीरलाई धेरै फाइदा मिल्छ । बिहानीपख गरिने व्यायाम मध्ये मर्निङ वाक पनि एक हो । मर्निङ वाक गर्नाले शारीरिक र मानसिक रुपमा स्वस्थ भइन्छ । मर्निङ वाक जवानदेखि वयस्क सम्मका लागि स्वस्थ रहने उपयुक्त व्यायाम हो । मर्निङ वाक गर्दा पनि हामीले धेरै नियमहरू अपनाउनु पर्दछ ।

धेरै जसोले मर्निङ वाक पनि कहिले चाँडै कहिले अलि ढिला गर्ने गर्दछन् । हामीले मर्निङ वाक गर्दा सधैँ एउटै समयमा गर्ने बानी बसाल्नु पर्दछ । त्यसैगरी जुत्ता/चप्पल, कपडा पनि व्यायाम गर्दा अर्थात हिड्‌न सजिलो हुनेगरि लगाउनु पर्दछ । यसले गर्दा हामीलाई व्यायाम गर्दा चोटपटक लाग्नुबाट बच्नुका साथै व्यायाम गर्न सजिलो हुन्छ । हामीले पानी प्रसस्त पिउने गर्नुपर्दछ ।

मर्निङ वाक गर्नुका फाइदा
१. मर्निङ वाक गर्नाले फुर्तिलो बनाउँछ ।

२. मर्निङ वाक गर्दा पसिना आउँछ , यसले गर्दा पसिनाको माध्यमबाट भएका दुषित पर्दाथ बाहिर निस्कन्छन् ।

३. दिनहुँ मर्निङ वा गर्नाले काम गर्ने जागर आउनुका साथै मानिसमा खुसिपना समेत आउँछ । 

४.  नियमित मर्निङवाक गर्नाले शरीरको तौल घट्नुमा मदत पुग्छ । 

५. कोलिस्टोर घटाउने, रक्तचाप सन्तुलित हुने, सुगर नियन्त्रित हुनमा सहयोग पुग्छ ।

६. मर्निङ वाक गर्नाले हृदयघातको जोखिम कम हुन्छ । 

७. मर्निङ वाक गर्नाले मस्तिष्कघातको जोखिम करिब ३०/३५ प्रतिशत कम हुन सक्छ ।

८. मर्निङ वाक गर्दा शरीरमा सहजरूपमा रक्तसञ्चार हुने भएकाले खुट्टाका नसामा रगत जम्ने समस्याबाट छुट्कारा पाउनुका साथै खुट्टा तथा खुट्टाका नसा सुन्निने समस्या कम हुन्छ  ।